शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सुर्खेतको सम्राट होटेलमा छापा, ललितपुरमा जुवाडे पक्राउ

दैनिक नेपाल २०७८ कार्तिक ४ गते ११:४९

काठमाडौं, ४ कात्तिक । प्रहरीले ललितपुर जिल्लामा जुवातासे खेल्ने ५ जनाको समूहलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित टहरोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मोरङ सानेपोखरी गाउँपालिका–१ घर भएका ४७ वर्षीय निलबहादुर पुलामी मगर लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ९० रुपियाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

उता, सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपियाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यता, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ५० वर्षीय ईन्द्रबहादुर थापा लगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपियाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित