७ कार्तिक २०८३, शनिबार

कनेक्टिविटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपो र द कनेक्टिविटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा सम्मिलित भएको घोषणा गरेको छ ।

नयाँ भूमिका अन्तर्गत ओपोले प्रमुख सदस्यका रुपमा ईन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिविटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्राटोकलको प्रबर्द्धनका लागि अग्रणी भूमिका निभाउने जानकारी दिइएको छ ।

सीएसएद्वारा विकसित तथा निरन्तरता दिइएको म्याटर ‘कनेक्टेड थिंग्स’को जग हो । यसले प्रयोगकर्ताहरुलाई विभिन्न आईओटी उपकरणहरु एकअर्कामा कनेक्टेड राख्ने कार्यमा सहज प्रयोगकर्ता अनुभव प्रदान गर्छ ।

सीएसएको बोर्ड सदस्यका रुपमा ओपोले म्याटर वर्किंग गु्रपलाई अत्यधिक कम्प्याटिवल आईओटी ईकोसिस्टम निर्माणका लागि महत्वपूर्ण योगदान प्रदान गर्दै पार्टनरहरुसंगको सहकार्य मार्फत एलायन्सको प्राटोकल विकासलाई तिब्रता दिनेछ ।