८ कार्तिक २०८३, आइतबार

गोरखामा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ४ कात्तिक । गोरखाको आरुघाट गाउँपालिका–१ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दीव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।

राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको थियो ।