१९ कार्तिक २०८३, बिहिबार

थप ६६२ जनामा कोरोना पुष्टि, ७५८ जना निको, १३ को मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार २२ र एन्टिजेन विधिबाट १ हजार ४०४ एन्टिजेन परीक्षण गरिएकोमा ६६२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ७४८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८४ हजार १५५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ जना रहेको छ ।

हालसम्म ३२.६ प्रतिशत जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३१८ जना पुगेको मन्त्रालयले जनाएको छ ।