१९ कार्तिक २०८३, बिहिबार

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना बेपत्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । आइतबारदेखिको अविरल वर्षाका कारण हालसम्म बाढी–पहिरोबाट ११ जिल्लाका ४८ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार देशभर ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको हो ।

बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

त्यसैगरी, ७ जिल्लाका २३ जना घाइते भएका छन् । यस्तै २० घरमा बाढी पहिरोले क्षति पुर्याएको पनि मन्त्रालयले जनाएको छ ।