८ कार्तिक २०८३, आइतबार

चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने घोषणा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २ कात्तिक । चीनले नेपाललाई कोरोनाविरुद्धको थप २० लाख डोज खोप दिने घोषणा गरेको छ ।

मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन सम्वाद क्रममा यीले नेपाललाई थप २० डोज खोप अनुदान दिने घोषणा गरेका हुन् ।

परराष्ट्रमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो उल्लेख छ । विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

चीनले यसअघि पनि अनुदानमा खोप उपलब्ध गराइसकेको छ ।