१९ कार्तिक २०८३, बिहिबार

नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, ११ हजार ३ सय बढीको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा एक हजार ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार १४० र एन्टिजेन विधिबाट १ हजार ७७६ एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ९६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ८६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८३ हजार ३९७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेको छ ।

२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३०५ जना पुगेको मन्त्रालयले जनाएको छ ।