१९ कार्तिक २०८३, बिहिबार

उपत्यकामा बढ्यो यातायातको भाडा, कति पुग्यो ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २ कात्तिक । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडा बढेको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते गरेको निर्णयअनुसार सर्वाजनिक यातायातको भाडा हो ।

बढेको भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले चढ्ने वित्तिक्कै १८ रुपैयाँ भाडा बुझाउनुपर्नेछ । यस्तै, काठमाडौं उपत्यकाका यात्रुले बढीमा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ ।

यसका साथै, प्रदेश सरकारले बागमती भित्र (उपत्यकामा चल्ने बाहेक) चल्ने यात्रुबाहक सवारी साधनको हकमा २३ प्रतिशत भाडा बढाएको छ । संघीय सरकारले असार २७ गते राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनको भाडादर २८ प्रतिशतसम्म बढाएको थियो ।