१९ कार्तिक २०८३, बिहिबार

चन्द्रागिरीको पिपलामोडमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोडमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।

ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर भएको दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

ट्रक दुर्घटना हुँदा बाछोभरी ग्यास सिलिण्डर छरिएपछि राति दुईतर्फी आवत–जावत बन्द भएको थियो ।

ट्राफिक प्रहरीको रेकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको रेकर मगाएर ट्रकलाई हटाइएको छ ।

मंगलबार बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।