१९ कार्तिक २०८३, बिहिबार

पाँच जिल्लाका सिडिओसहित सह र उपसचिवको सरुवा, को कहाँ पुगे ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ कात्तिक । सरकारले पाँच जिल्ला प्रमुख जिल्ला अधिकारीसहित १२ जना उपसचिव र सहसचिवको काज सरुवा गरेको छ ।

आइतबारको गृहमन्त्रीस्तरीय निर्णयले १२ कर्मचारीको सरुवा गरेको हो ।

मन्त्रालयले कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाउने निर्णय गरेको छ ।

उता अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङजाका प्रजिअ दिपकराज नेपाललाई गृहमन्त्रालयमा तानिएको छ ।

सहसचिव किरण थापालाई कैलाली, जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, विपद् व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रजिअमा पठाइएको छ ।

त्यस्तै, कारागार व्यवस्थापन विभागका निर्देशक बेदनिधि अधिकारीलाई डोल्पा, उपसचिव नेत्रप्रसाद शर्मालाई मुस्ताङ र उपसचिव राजुप्रसाद पौडेललाई स्याङ्जाको प्रजिअमा काज सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।