
काठमाडौँ, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चपदस्थ पदाधिाकरीहरुलाई टीका लगाइदिएका छन् ।
वडादशैँको अवसरमा प्रधानमन्त्री देउवाबाट मन्त्री तथा उच्च सरकारी अधिकारीले बालुवाटारमा टीका ग्रहण गरेका हुन् ।
प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाएका हुन् ।
मुमाको हातबाट शुभसाइतको टीका लगाएपछि प्रधानमन्त्रीबाट टीका ग्रहण गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।
त्यस्तै प्रधान सेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाएका छन् ।
स्वास्थ्य मापदण्ड अपनाएर टीका लगाउने कार्यक्रम गरिएको हो ।













प्रतिक्रिया