७ कार्तिक २०८३, शनिबार

विजया दशमीको दिनमा ग्लोबल आइएमई बैंकको क्यासब्याक

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले दशैँ क्यासब्याक योजना ल्याएको छ ।

नेपालीहरुको महान चाड विजया दशमी २०७८ को शुभकामना व्यक्त गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरुका निमित्त दशैं क्यासब्याक योजना ल्याएकोे हो ।

यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत दक्षिणा दिन् असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म “DASHAIN DAKSHINA” लेखी ब्यालेन्स ट्रान्सफर गर्दा रु. ५० क्यासब्याक पाउनुहुनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।