शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न

दैनिक नेपाल २०७८ असोज २८ गते १९:४२

काठमाडौँ, २८ असोज । बडादशैँको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा बगलामुखी (विशेष कार्यदल) हल्चोक स्वयम्भूमा असोज २८ गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गरेका उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।

बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाए ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले बडादशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगाएत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित