शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

थप ४५५ जनामा कोरोना पुष्टि, ८०४ जना निको, ८ जनाको मृत्यु

दैनिक नेपाल २०७८ असोज २८ गते १७:३०

काठमाडौँ, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ४५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ४१८ र एन्टिजेन विधिबाट २ हजार ७९६ एन्टिजेन परीक्षण गरिएकोमा ३६५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ९७ हजार ५८९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६०९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७९ हजार १५४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३१० संक्रमित आइसीयुमा छन् भने १०५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८३ लाख ८८ हजार ४०२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित