शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

राष्ट्रपतिले गरिन् नवकन्याहरुको पूजा

दैनिक नेपाल २०७८ असोज २८ गते १४:५६

काठमाडौँ, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडा दशैँ (विजया दशमी) को नवौँ दिन नवकन्याहरूको पूजा गरेकी छन् ।

बिहीबार शीतलनिवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभ दिनमा नवकन्याहरूको पूजा गरेकी हुन् ।

विजया दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पौँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २, ३, ४, ५, ६, ७, ८, ९ वर्षकी कन्याको पूजा गरिन्छ ।

वैदिक सत्य सनातन हिन्दु धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरूको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिएको हो । यस क्रममा राष्ट्रपति भण्डारीले आज महानवमीको दिन शीतलनिवासमै नवकन्याहरूको पूजा गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित