शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दशैँमा पनि चन्द्रागिरि हिल्स चल्ने

दैनिक नेपाल २०७८ असोज २८ गते ११:४१

काठमाडौँ, २८ असोज । दशैँमा पनि चन्द्रागिरि हिल्सको केबलकार र रिसोर्ट चल्ने भएको छ ।

वर्षैभरी सञ्चालन गर्ने योजनाअनुरुप हिल्स दशैँको विदाको समयमा पनि बन्द नहुने भएको हो ।

हिल्सले दसैँमा भालेश्वर मन्दिरको दर्शन गर्न जाने भक्तजनहरूलाई लक्षित गर्दै केबलकार बन्द नगर्ने भएको हो । कम्पनीका कर्मचारीले आलोपालो गरेर ३६५ दिन नै हिल्स सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित