शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

व्यक्तिगत लगानीमा डेढ लाख खर्चेर चंखे पिङ्ग

वि वि श्रेष्ठ २०७८ असोज २७ गते २०:४०

-वि वि श्रेष्ठ

तनहुँ, २७ असोज । धर्म, सस्कृति र परम्परा हराउदै गएको पछिल्लो समयमा भने डेढ लाख खर्चेर चंखे पिङ्ग हालिएको छ ।

व्यास नगरपालिका वडा नं ५ को भुपु टोलमा व्यक्तिगत लगानी गरेर डेढ लाखमा चंखे पिङ्ग वनाईएको हो । व्यास नगरपालिका वडा नं ५ निवासी कृष्ण कुमार श्रेष्ठले हराउदै गएको पिङ्ग लाई संरक्षण र यसको महत्व उजागर गर्नका लागी एकल लगानीमा पिङ्गको निर्माण गरेको हो ।

वधुवान्धन्व, भाईचारा, संस्कृति हाम्रो मौलिक परम्परा हो । यसको सम्वर्धन गर्न सकेमा यसको महत्व झन वुझाउन सकिन्छ । आधुनिक सस्कृति सँगै लोप हुन लागेको पिङ्गको संरक्षणमा लागेको कृष्ण कुमार श्रेष्ठले वताए ।

नेपालीहरुको महान चाडमा चंखे पिङ्ग हालेर सस्कृतिको जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको स्थानिय अगुवा प्रेम कुमार श्रेष्ठले वताए । सस्कृति र परम्परा भनेको समाजको गहना हुन् । पिङ्ग राखेर चाडवाड सँगै भाईचाराको सम्वन्ध वढाएको छ, श्रेष्ठले भने ।

खर्च भन्दा पनि दशैमा यसको मुख्य विशेषता भनेको पिङ्ग खेल्ने, खाने, रम्ने रमाउने, आफुभन्दा ठुलो सँग आर्थिवाद लिने चाड हो । त्यसैले गर्दा पनि पिङ्ग हालेको संचालक कृष्ण कुमार श्रेष्ठले वताए । चाडवाड लागेसँग पिङ्ग खेल्न र हेर्न आउनेहरुले आफुलाई आनन्द मिलेको संचालक श्रेष्ठले वताए ।

प्रतिक्रिया
सम्बन्धित