बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

थप ३६५ जनामा कोरोना पुष्टि, ६०९ जना निको, ४ जनाको मृत्यु

दैनिक नेपाल २०७८ असोज २७ गते १८:३६

काठमाडौँ, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ६७१ र एन्टिजेन विधिबाट १ हजार ९२३ एन्टिजेन परीक्षण गरिएकोमा ३६५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ९७ हजार ३४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६०९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७८ हजार ३५० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३१५ संक्रमित आइसीयुमा छन् भने १०७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६४ लाख ६८ हजार ७७५ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८३ लाख ८१ हजार ७२७ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २६१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित