शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

दुर्घटनामा निधन भएकाप्रति राष्ट्रपतिबाट श्रद्धाञ्जली

दैनिक नेपाल २०७८ असोज २७ गते १५:३४

काठमाडौँ, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठुलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटमार्फत् बडादसैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेलधुरा, कास्कीलगायतका स्थानमा भएका दुःखद दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रायः चाडबाडका बेला सवारी दुर्घटना बढी हुने प्रवृत्ति पटक पटक दोहोरिने क्रम जारी रहेकाले नियामक निकाय, सेवा प्रदायक तथा सेवाग्राही सबैलाई सतर्कता अपनाउन ध्यानाकर्षण गराएकी छन् । –रासस

प्रतिक्रिया
सम्बन्धित