शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘परिवेश’

वि वि श्रेष्ठ २०७८ असोज २७ गते १०:०८

-वि वि श्रेष्ठ

बलेको आगो ताप्नेहरु शक्तिका र स्वार्थका पुजारी हुन्छन् । अपव्ययको यो जीवनमा वलेको आगोको ताप पनि निश्चित समयसम्म हुन्छन् भन्ने भेउ नपाउनेहरुको रवैया र घमण्ड हेर्दा लाग्दछ, यो संसारको सवै शक्ति उनिहरुमा निहित हुन्छन र उनिहरुले समयको यो गतिलाई पनि जितिदिन्छन् ।

प्रकृतिको समान्य नियममा समेत अभ्यस्त हुन नसक्नेहरुको यो घमण्ड मिथ्या मात्र हुन् । धर्तिमा टेकेका पाईलाहरुले समेत समान ओझ वहन गरेका हुदैनन् ।

विहानको त्यो मिर्मिरेमा देखिने चमक समयको गतिसँगै धुमिल भएझै सजिव प्राणीको सोच र ओझ पनि प्रकृतिको अनुपमता सधै छाँयामा परेको हुन्छ ।

मिर्मिरेको त्यो उत्साह समयको गतिशिलिता सँगै वढि चम्किलो, मलिन र विलिन हुन्छन् । प्रकृतिको यो सत्यताभित्रको नियमनलाई चुनौती दिन सक्ने ल्याकत कसैसँग छैन । यद्यापी धर्ति निर्मित सजिव प्राणीको चुनौती भनेको मुर्खता शिवाय केही हुदैन ।

मध्यान्हको फेरो सँगै लर्किएको प्रकाश अन्तत कालरात्रीको काखमा निदाउँछ भने मनुष्यको घमण्ड त धर्तिको सानो अंश शिवाय केही होईन, त्यहि अंशमा नै जीवनमा सर्वेसर्वाको पगरी गुथ्ने मनुवाहरु धर्तिका वोझ मात्र हुन् । जुन समयको परिवन्दमा निरिह बन्दछन् ।

हिजो धर्तिमा पटाक्षेप भएका निर्मल नयनहरु आज नमकता तर्फ उन्मुख वनिरहेका छन् । लाग्दछ, त्यो चमकता संसार नै देख्नेछ । यो निरन्तरताको नियमन भित्रको अंशीयारा मात्र भएको वोध नहुनु उसको अर्धचेतना हो ।

तर चाहना राख्नु र प्राप्तिमा फरक हो भन्ने सोचको विकास नभएको सन्र्दभमा त्यो नयनले त्यो मधुर मुस्कानले आवश्यकतावोध गर्नुमा कुनै स्वार्थता लुकेको छैन । त्यहि निश्वास्र्थता भित्रको वोलावटले भने ह्दयको यो पराकम्पन नै हल्लाईदिएको छ ।

सुख र दुख भित्रको मुख्य जरो भनेको सोचको विविधता हो । भौतिक प्राप्ती लाई नै जीवनको ध्येय मान्नेहरु मात्र यो समाजमा छैनन । सोचको अग्राधिकार भनेको प्राप्ति मात्र होईन । चेतनाको विविधता भित्र भौतिक र आर्थिक सम्पन्नता हुदैमा सुख र खुशी भन्ने हुदैन ।

तर यसैलाई नै आधार मानेर जीवन व्यतित गर्नेहरुले जीवनका परिभाषा नै मानविय शुन्यता भित्र खोज्ने धुष्टता गर्देछन् । हत्केलाले सुर्य छोप्ने हर्कत कमजोर मानसिकताको घोतक शिवाय अन्य केही होईन । त्यही कमजोर मस्तिष्कको सोचमा वन्ने धारणा नै जीवनमा दुँखका कारण हुन् ।

व्यक्ति आफैमा साध्य हो, साधन होईन, आफनै सोच र्नै जीवनका कारक तत्व हुन भन्ने समेत नवुझनेहरु सुख र खुशी खोज्नका लागी भौतारिनेहरु जीवनमा असंख्य पाईन्छन् । त्यसको रापले प्रभावित पार्न भाग्यको वुख्याचा देखाउनेहरु धर्तिका वोझ मात्र हुन् ।

परिवेश आफैमा मुर्त होईन, अमुर्त भएता पनि यसका विविधतामा रुमल्लिनु सवैको धर्म वनिदियो । फरक यति मात्र वनिदियो कि कसैले यसको अर्थतामा जीवनलाई समाहित वन्न अग्रसर वनिदियो भने कसैले यसको निरन्तरतामा । आत्माको विशिष्टतामा पास हुनेहरुको लर्को सायद नहोला ।

प्रकाशको त्यो चमकता विस्तारै मलिन भएझै व्यक्तिको सोच, जीवन र भुमिका पनि विस्तारै धुमिल हुने गर्दछन् । सोचको विशिष्टतालाई अंगिकार गरेर व्यवस्थापन गर्नेहरु केही समयका लागी आफनो भुमिका वहनमा लागेता पनि प्रकृतिको नियमनलाई जित्न सक्दैनन् ।

आफनो सोच नै एकमात्र सत्य भन्नेहरुको जमातमा मिसिन भनेको निरन्तरतामा एकता मात्र हो । सोच वंशिय गुणमा मात्र समाहित हुन सक्दैन । वस्तु, परिवेश, वातावरण र समाजले यसमा विविधता ल्याउँदछ् ।

विश्वमा प्रविधीले फड्को मारेता पनि विचार र चेतनामा त्यो अन्तरघुलन हुन सकेन भने जीवन पृथक र अर्थमुलक वन्न सक्दैन । त्यहि परिवेशमा वाँधिन लागेको तर पृथकताको लडाई लड्न खोजेको सोच अन्तत धुमिल हुन्छ कि भन्ने पिरले सताएको छ ।

भौतिकवादले फेरि पनि सोचमा वन्ध्याकरण गर्न लालयित वनेको छ । मस्तिष्कका केशिकाहरु निरन्तरता भित्रको क्रमिकतामा मडारिरहेका छन् । आत्मिक असन्तुलनले खलल पार्न खोजेका सोचहरु जुर्मुराएका छन् ।

लाग्दैछ, फेरि पनि आत्मा र मस्तिष्कको तादात्म्यता नमिल्दा सोचहरु पुन वन्धक वन्ने छन् । यहि परिक्षाको कसीमा उभिएको तंरगित आत्माले सोचलाई हलचल मच्चाएको छ । शान्तिको खोजीमा भौतारिने सोचहरु अभिशप्त वनेर लागिपरेका छन् ।

नदिमा नियमित वगिरहेको त्यो छालको पराकम्प पनि आरोह अवरोहले थिचिएको छ । त्यहि पराकम्पन भित्र सुस्केरा हालेको स्वरहरु पनि कहिले चिच्याएको छ भने कहिले मलिन सुस्केरा हालेको छ ।

सुस्केराको गर्भ भित्र छिर्ने चेष्टाहरु सहज छैनन् । पल पलमा त्यो सुस्केराको स्वरहरु परिवर्तित वनेका छन्, जीवनका पल जस्तै । फेरि पनि त्यसको गन्तव्यमा पुग्ने अन्योयन्याश्रित आशाहरु तरंगित भईरहेका छन् । यहि अर्धचलित सोचको पराकम्पनले जीवन नै मिथ्या लाग्न थालेको छ ।

जीवनको अर्थ भित्र यसको निरन्तरता कदापी स्वीकार्य वन्न सकेन । फरक र पृथक सहज वनेन् । यहि उथुलपुथलमा गुज्रिएको जीवनमा नैराश्यताले जरा नगाडेको हैन ।

सहजतामा जीवनको परिभाषा र यसको अर्थ प्राप्त नहुने सत्यता वास गरेको मस्तिष्कमा समाजमा मानवहरुको भीडमा पागल वनिनु नौलो रहेन ।

हिजो पकुल्लो परेको गलामा आज विस्तारै रेखा कोरिएका छन् । तैपनि घमण्ड भने सेलाएको छैन । ऐनामा वाहिरी सुन्दरतालाई निखार ल्याउने भगिरथ प्रयत्नमा आत्मिक मुहार हेर्ने दुस्साहस गर्न सकिएन ।

सत्यतालाई छोप्ने असिमित प्रयत्न मिथ्या हुन भन्ने सोचमा सधै विर्को लागिदियो । त्यसैको परिणाम समयको विभिन्न कालखण्डमा पटाक्षेप वनिरह्यो ।

जीवन भित्रको विभिन्न आयाम भित्र विश्वासको सम्वन्ध भनेको गहिरो हुदँो रहेछ । त्यहि विश्वासमा लीन हुनेहरु जीवनको कठिन मोडमा परिक्षित हुने रहेछन् ।

त्यहि कठिनता भित्र जीवनको अर्थ खोज्न लाग्दाँ कयौ रातहरु जागा वने, कमजोरी भित्रकाका पटाक्षेत्र रोक्न विभिन्न हत्कण्डा गरिए, आत्मामा ज्ञातित भएका वोधहरु वाहिरी रुपमा क्रान्तिकारी वनेर मुखातरित वनिदिए । फगत् यो मिथ्या मात्र होला कि यसको कुनै अर्थ विशेष ? प्रश्नको भारीले जीवन नै तरंगित वनाईदियो ।

परिवेश आफैमा मुर्त होईन, अमुर्त भएता पनि यसका विविधतामा रुमल्लिनु सवैको धर्म वनिदियो । फरक यति मात्र वनिदियो कि कसैले यसको अर्थतामा जीवनलाई समाहित वन्न अग्रसर वनिदियो भने कसैले यसको निरन्तरतामा । आत्माको विशिष्टतामा पास हुनेहरुको लर्को सायद नहोला ।

चेतनाको विशिष्टतामा प्रवेश गर्नेहरुले सायद जीवनको अर्थ वुझने धुष्टता गर्लान् । नत्र निरन्तरतामा विलिन भएर निरिहता प्रकट गर्नुको विकल्प छैन ।

जीवनमा त्यहि निरिहताको पराकाष्टले पटक पटक तानिरहेको छ । पृथकताभित्रको जीवन सहज छैन, जुन आत्मिक चेतनामा प्रगाढ वनेको छ । यहि निरन्तरको वोलावट ले साँच्चै नै तान्नेछकी भन्ने भयले त्यो निष्पट अध्यारोमा वारम्वार झकझकाईरह्हो ।

प्रतिक्रिया
सम्बन्धित