बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मुगु र कास्की दुर्घटनाका परिवारलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्न प्रचण्डको आग्रह

दैनिक नेपाल २०७८ असोज २७ गते ९:२९

काठमाडौँ, २७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैँकै मुखमा मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्यु भएको खबरले सबैलाई स्तब्ध बनाएको बताएका छन् ।

साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको विज्ञप्तिमार्फत उनले जनाएका छन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

उनले दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ती र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित