
काठमाडौँ, २६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ६० र एन्टिजेन विधिबाट २ हजार ५५९ एन्टिजेन परीक्षण गरिएकोमा ७९२ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ९६ हजार ७६९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९१० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५६ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३०६ संक्रमित आइसीयुमा छन् भने १०२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ६४ लाख ६८ हजार ७७५ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८३ लाख ८१ हजार ७२७ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया