१९ कार्तिक २०८३, बिहिबार

दशैँमा सुनौली नाका खुल्यो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असोज । करिब १८ महिनापछि सुनौली नाका खुलेको छ ।

नेपाली ग्राहकमा निर्भर सुनौली बजारमा नाका खुलेसँगै चहलपहल सुरु भएको छ ।

महिनौपछि खुलेको बजारमा चहलपहल देखिएपछि भारतीय व्यापारीहरु खुशी देखिएका छन् ।

सामान्यत सुनौली बजारमा स्थानीय ग्राहक १० प्रतिशत र नेपाली ग्राहक ९० प्रतिशत हुने गर्दछन् । बजार खुलेपछि यता नेपाली व्यापारीहरु भने चिन्तित छन् ।

कोरोनाका कारण राम्रो व्यापार नचलेकोले झन् समस्या भइरहेका बेला भारतीय बजार खुलेपछि आफ्नो व्यापार धराशयी बन्नेमा चिन्तित भएका छन् ।