
काठमाडौँ, २६ असोज । बडादशैँको फूलपातीमा नेपाली सेनाले ‘फूलपाती बढाइँं’ गरेको छ ।
राष्ट्रिय समारोहका रुपमा सेनाले यस परम्परालाई वर्षेनि निरन्तरता दिँदै आएको छ । हनुमानढोकामा फूलपाती भित्र्याएपछि सैनिक मञ्च, टुँडीखेलमा बढाइँ गर्ने पुरानै प्रचलन हो ।
सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालका अनुसार कोरोना रोकथामको पूर्ण स्वास्थ्य मापदण्ड पालनालाई ध्यानमा दिएर कार्यक्रम गरिएको हो ।
कोभिड प्रोटोकलका आधारमा आमन्त्रितको संख्या सीमित पारिएको उनले बताए ।

बढाइँं कवाजमा ६ सय ३६ जनाको नफ्रीले भाग लिनेगरी नेपाली सेनाले तयारी गरेको थियो । त्यस्तै तोप मार्फत गरिने बढाईंका लागि ४४ जनाको टिम खटाइएको छ । अघिल्ला दसैँमा भने ठूलो टोलीले ड्रिल खेल्ने र मार्च पास गर्थ्यो ।















प्रतिक्रिया