
पोखरा, २५ असोज । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवासङ मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए ।















प्रतिक्रिया