
पोखरा, २५ असोज । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भएको जिप दुर्घटनामा काठमाडौँबाट घुम्न जाने ८ जनाको मृत्यु भएको छ ।
सबै जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २० वर्षीया देविका घिसिङको सकुशल उद्धार गरिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा जिप चालक अन्नपूर्ण गाउँपालिका–५ का ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौँ गोङ्गबुका १८ वर्षीय जिनलव घिसिङ र २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले रहेका छन् । त्यस्तै, गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घुम्ती कटाउन लाग्दा जिप ब्याक भएर दुर्घटना भएको बताइएको छ ।
उनीहरु दशैँको विदा मनाउन घुम्न गएका थिए ।












प्रतिक्रिया