
काठमाडौँ, २५ असोज । जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गरेका छन् ।
उनीहरुले पार्टीबाट एकलौटीमा रुपमा मन्त्री बनाएको जनाउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला पनि जलाएका छन् ।
पर्साबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले प्रदर्शन गरेको छ ।
जसपाबाट चारजना मन्त्री पठाएपछि पर्साबाट कसैलाई मन्त्री नबनाएको भन्दै पर्सामा लगातार प्रदर्शन र पुतला जलाउने कार्य गर्दै आएका युवाहरु आज केन्द्रीय कार्यालयमै पुगेर प्रदर्शन गरेका हुन् ।
जसपामा पर्साका सांसद प्रदीप यादव रहेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोशित हुँदै प्रदर्शन गर्दै आएका छन् ।
उनीहरुले अध्यक्ष यादवको राजीनामा समेत मागेका छन् ।












प्रतिक्रिया