शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सुनको मूल्यमा १०० रुपैयाँको गिरावट, चाँदीको २५ रुपैयाँले वृद्धि

दैनिक नेपाल २०७८ असोज २५ गते १२:४१

काठमाडौँ, २५ असोज । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य २५ रुपैयाँले वृद्धि भएको छ ।

चाँदी तोलामा २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

छापावाला सुनको मूल्य भने गत आइतबारको तुलनामा एक सय रुपैयाँले घट्दै आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित