शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एनआईसी एशिया बैंकको डिजिटल दशैँ योजनाः आकर्षक उपहारदेखि २५ प्रतिशतसम्म क्यासब्याक

दैनिक नेपाल २०७८ असोज २४ गते २१:४२

काठमाडौँ, २४ असोज । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहक महानुभावहरूलाई आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिनेछ ।

ग्राहक महानुभावहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

बैंकले २०७८ आश्विन २१ देखि कात्र्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत पीओएस कारोबार गर्ने ग्राहक महानुभावहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ ।

जसअनुसार पहिलोपटक पीओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रू. १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म क्यासब्याज अफर रहेको छ ।

त्यसैगरी बैंकले नगद कारोबारबाट ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहक महानुभावहरूलाई पाल्सोनिकको तर्फबाट ३२ इन्च टिभी, सीजीको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेणी ग्रुपको तर्फबाट यासुदा ओभन, गाइया होलिडे होम धुलिखेलको तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, हङकङ सर ङको तर्फबाट एक जोडीलाई डिनर प्याकेज, साथीमार्टको तर्फबाट १० जना भाग्यशाली विजेतालाई रू.१,००० को शपिङ्ग भौचर, अर्किड ग्रुपको तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी रू. ५,००० भन्दा बढिको खरिदमा रू. ५०० बराबरको गिफ्ट भौचर र अवेइको तर्फबाट एक जनालाई इअरबड प्रदान गरिनेछ ।

चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न बैंकले विभिन्न उपहार योजना सञ्चालन गरिरहेको बेला निम्नलिखित मर्चेन्टहरूमा थप आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था समेत ल्याएको छ:

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुभएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ष्क्भचखभ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित