शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु

दैनिक नेपाल २०७८ असोज २४ गते २१:३४

चितवन, २४ असोज । भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो ।

बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन । रासस

प्रतिक्रिया
सम्बन्धित