३ कार्तिक २०८३, मंगलबार

रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असोज । रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुतनिक समाचार समितिले जनाएको छ ।

यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । –सिन्ह्वा