१९ कार्तिक २०८३, बिहिबार

जसपामा असन्तुष्टि, पार्टी छोड्दै नेताहरु

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालमा विवाद चर्किएको छ ।

शनिबार बेलुकी जनकपुरधाम आएका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीचको संगठन समायोजन गर्न लाग्दा जसपाका मधेस प्रदेश समितिका मुख्यसचिव शम्भु झाले सामाजिक सञ्जाल मार्फत राजीनामा घोषणा गरेका छन् ।

प्रदेश २ मा अध्यक्ष यादवविरुद्ध प्रदर्शन मात्रै नभएर पुत्ला दहन गर्ने सम्म कार्य भइरहेको छ ।

यसै क्रममा जसपाका केन्द्रीय नेता उमेश साहले सामाजिक सञ्जालमार्फत नै पार्टी परित्यागको घोषणा गरेका छन् ।

त्यसको लगत्तै आइतबार जसपा प्रदेश २ का मुख्यसचिव शम्भु झाले समेत पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा शम्भु झाले लेखेका छन्, ‘म जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिना देखि काम गरेँ । मेरो योग्यता र क्षमताभन्दा ठुलो पद मैले पाएँ । म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष आदरणीय रेणु यादव र आदरणीय विजय यादवप्रति सदैव ऋणी रहिरहने छु । म बाँचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा जादिनँ । यस पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मितिदेखि म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा आदरणीय राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसैमार्फत जानकारी गराउन चाहन्छु ।’

सरकारमा जसपाले सांसद प्रमोद साह र सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनीहरु समेत जसपा अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट देखिएका हुन् ।