
काठमाडौँ, २३ असोज । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा गोली चलेको छ ।
स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाउँदा २ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो ।
१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।
गोली चलाउँदा एक जनाको छातीमा गोली लागेको र अर्काको टाउकोमा चोट लागेको बताइएको छ ।












प्रतिक्रिया