१९ कार्तिक २०८३, बिहिबार

‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असोज । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणमा प्रधानन्यायाधीशमाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।

परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुको कारण गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनुपर्ने भट्टराईले बताएका छन् ।

‘परमादेश किन दिएको रहेछ भन्ने गजेन्द्र हमाल प्रकरणबाट पुष्टि भएको छ । यसले न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ । यसरी प्रश्न उठेपछि स्वतन्त्र न्यायालयको छवि बचाउने हो भने अब प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु उपयुक्त हुन्छ’, भट्टराईको भनाइ छ ।