शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सर्लाहीमा सशस्त्र प्रहरीद्वारा पटका बरामद

दैनिक नेपाल २०७८ असोज २४ गते ७:०६

सर्लाही, २४ असोज । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–५ स्थित जबदीबाट सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपियाँ बराबरको पटका बरामद गरेको छ ।

भारतबाट अबैध रुपले बि आर ३० यू ०६७४ नम्बरकोे भारतीय मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउँदै गरेका ब्यक्तिहरू गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाटदेखि भागी फरार भएका थिए ।

सो मोटरसाइकल समेत बरामद गरिएको छ । मोटरसाइकलको भन्सार दखिला मूल्य ८० हजार रुपियाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित