
काठमाडौँ, २३ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा आफ्नो ३ वर्षे कार्याकालमा ऐतिहासिक विकास भएको बताएका छन् ।
राष्ट्रिय युवा संघको भक्तपुर जिल्ला कमिटीले गरेको कार्यक्रममा सम्बोधन गर्दै शनिबार नेता बस्नेतले यस्तो बताएका हुन् ।
उनले भने ‘भक्तपुरले कयौँ वर्ष विकास पाएन, विकास गर्ने नेतानै पाएन, मन्त्री बन्ने नेतानै पाएन, पाए पनि विकास नगर्ने र कहिले मन्त्री पनि नखाने नेता पायो, तर अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग हो, इतिहासमै नभएको विकास अहिले भक्तपुरले पायो ।’
त्यस्तै, बस्नेतले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं माधवकुमार नेपाललाई भक्तपुरमा चुनाव लड्न आउन चुनौती पनि दिएका छन् ।
भक्तपुरमा पाँच गठबन्धन बनाएर प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा जो आएर लडे पनि एमालेलाई फरक नपर्ने बस्नेतको भनाइ छ ।












प्रतिक्रिया