
चितवन, २३ असोज । नेकपा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा (बादल)ले आगामी निर्वाचनपछि नेकपा एमालेले देशको पुनः नेतृत्व गर्ने बताएका छन् ।
नेकपा एमाले कालिका नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता बादलले सत्ताबाट विशेष कारणले प्रतिपक्षमा पुगेको एमाले पार्टीलाई अबको निर्वाचनपछि फेरि देशको नेतृत्व गर्ने जिम्मवारी हुने बताए ।
कम्युनिष्ट पार्टीहरु फुट्नुको कारणबारे समिक्षा गर्दै सम्पन्न विधान महाधिवेशनवाट नेता कार्यकर्तादेखि आम मतदाताहरु समेत उत्साहित देखिएको बादलको भनाइ छ ।
पार्टीको विधान महाधिवेशनले संगठनात्मक सिद्धान्तसँगै नेतृत्व निर्माणको सिद्धान्तमा देखिएको त्रुटिलाई सच्चाएर गुटबन्दी गर्ने परिपार्टीको अन्त्य गरिएको बताए ।












प्रतिक्रिया