८ कार्तिक २०८३, आइतबार

स्रोत नखुलेको १० लाखसहित २ जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

महोत्तरी, २३ असोज । जलेश्वर नगरपालिका–८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मनराशिश्वा नगरपालिका–५ कटैया बस्ने ३४ वर्षीय दिपेन्द्र कुमार साह र भंगाहा नगरपालिका–७ बस्ने १८ वर्षीया किशोरी रहेका छन् ।

अनटेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद नगदसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोडमा पठाइएको छ ।