
काठमाडौँ, २३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार १६८ र एन्टिजेन विधिबाट ५ हजार ८६३ एन्टिजेन परीक्षण गरिएकोमा ७६० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ९४ हजार ५९६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८९९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३४० जना रहेको छ ।
मन्त्रालयका अनुसार ३१७ संक्रमित आइसीयुमा छन् भने ११३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ६४ लाख ४६ हजार ९५७ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८१ लाख २७ हजार २६२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २२१ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया