
काठमाडौँ, २३ असोज । सरकारले तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ ।
शुक्रबार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ सिडिओको काज सरुवा गरेको हो ।
बाँकेको सिडिओमा गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीलाई सरुवा पठाइएको छ ।
त्यस्तै, रौतहटमा झापाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई सरुवा गरिएको छ ।
त्यस्तै, पर्सामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई तथा सुनसरीमा रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई सरुवा गरिएको छ ।












प्रतिक्रिया