१९ कार्तिक २०८३, बिहिबार

लगानी बोर्डद्वारा ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असोज । लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा शनिबार बसेको बोर्डको ४८ औँ बैठकले लगानी स्वीकृत गरेको हो ।

बालुवाटारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाको निर्माण तथा विकास गर्न ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान गरेको हो ।

लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुम खोला जल विद्युत परियोजना रहेको छ ।

त्यस्तै, संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजी वृद्धि स्वीकृति प्रदान गरेको छ ।

यसैगरी, बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्ड समक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।