१९ कार्तिक २०८३, बिहिबार

धनुषामा दुई छोराको हत्यापछि आमाद्वारा आत्महत्या

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ असोज । धनुषामा दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छन् ।

धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको हत्यापछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

गुडियादेवीले छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि आफू पासो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

गुडियाका श्रीमान मजदुरीका लागि विहानै घरबाट निस्केका बेला घटना भएको बताइएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।