७ कार्तिक २०८३, शनिबार

दशैंका लागि आजदेखि खाद्यले खसीबोका बिक्री शुरू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि शनिबारदेखि खसीबोका बिक्री सुरु गरेको छ ।

खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । बिहानसम्म मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका ल्याइएको उनले बताएका छन् ।

दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका ल्याउने खनालले बताए । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

खाद्यले बेच्ने मूल्य भने प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । पोहोरको तुलनामा यसपालि उपभोक्तालाई ९० रुपैयाँ महँगो पर्ने भएको छ ।