
काठमाडौँ, २२ असोज । पूर्ण मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबार नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण लगत्तै पूर्ण मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकताअनुसार उत्साह र इमानदारिताका साथ जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ ।
त्यसैगरी, मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेको बताए ।
कार्कीले हमालको नियुक्तिलाई लिएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए ।












प्रतिक्रिया