
बाँके, २२ असोज । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीका करिब ५ लाख २२ हजार ३ सय १० रुपैयाँ मूल्य बराबरका कपडाहरू शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उक्त कपडाहरू वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया