
काठमाडौँ, २२ असोज । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरुलाई सपथ खुवाएकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद विस्तार गरेसँगै आज मन्त्रीहरुले सपथ लिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा आज मन्त्री र राज्यमन्त्री गरी १९ जना थपिएका थिए ।













प्रतिक्रिया