
काठमाडौँ, २२ असोज । नेपाली काँग्रेसबाट थप चार जना मन्त्री बन्ने भएका छन् ।
नेताहरु मिनेन्द्र रिजाल रक्षा, दिलेन्द्र बडू कानुनमन्त्री बन्ने भएका छन् ।
त्यस्तै, उमाकान्त चौधरी खानेपानी र उमा रेग्मी महिला तथा बालबालिका मन्त्री बन्ने भएका हुन् ।
काँग्रेसबाट गृहमा बालकृष्ण, कानुनमा ज्ञानेन्द्र कार्की, परराष्ट्रमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री छन् । कार्कीलाई कानुनबाट सञ्चार मन्त्रीमा सारिएको छ ।















प्रतिक्रिया