१९ कार्तिक २०८३, बिहिबार

कुन पार्टीबाट कति मन्त्री ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

उनले नेपाली काँग्रेससहित सत्तारुढ घटक नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बाट नयाँ मन्त्रीहरु थप गर्न लागेका हुन् ।

अब काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादी ४÷४ मन्त्री पाउने भएका छन् । अन्य दलले मन्त्रीहरुको टुंगो लगाए पनि काँग्रेस आफले टुंगो लगाएको छैन ।

आज अपरान्ह सपथ ग्रहणको तयारी भइरहेको बताइएको छ ।