१९ कार्तिक २०८३, बिहिबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्त छन् कार्यसूची

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २२ असोज । आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा सरकारले निजामती सेवा विधेयक २०७५ फिर्ता लिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव पेश गर्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले राष्ट्रिय सभामा उत्पति भै प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केही समयदेखि आफ्ना माग पूरा नभएको भन्दै बैठक अवरुद्ध गर्दै आइरहेको छ ।