काठमाडौं, २२ असोज । नेकपा (एकीकृत समाजवादी) सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् ।
एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो ।
खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकारको स्रोतले जनाएको छ ।
खापुङलाई मनाउने प्रयास जारी रहेको छ । खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् ।











प्रतिक्रिया